२२ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री पदका लागि संसदमा ओलीको उमेद्वारी दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oliकाठमाडौं, २३ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकारको प्रधानमन्त्री पदका लागि व्यवस्थापिका संसदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।

शनिबार संसद सचिवालयमा दर्ता गरिएको ओलीको उम्मेदवारीको प्रस्तावक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् भने समर्थकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा रहेका छन् ।

सहमतीय सरकारको समयसीमा सकिएपछि शुक्रबार राष्ट्रपति रामबरण यादवले बहुमतीय प्रक्रियाबाट नयाँ सरकार गठन अगाडि बढाउन संसदलाई आह्वान गरेका थिए ।