२२ कार्तिक २०८३, आइतबार

भेरीले बगाउँदा एक किशोरीको मृत्यु, अर्की बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bheri Nadiजाजरकोट, २३ असोज । जिल्लाको खगेनकोट गाविस–६ बगारामा भेरी नदीले बगाउँदा शुक्रबार दिउँसो एक किशोरीको मृत्यु भएको छ भने एर्की बेपत्ता भएकी छिन् ।

नुहाउन गएकी खगेनकोट–८ की १४ वर्षीया जुनमाया सिंहको खोलाले बगाउँदा मृत्यु भएको हो ।

उनको शव बगेको स्थानभन्दा तीन किलोमिटर तल गुनभीरमा फेला परेको थियो ।

जुनमायालाई खोलाले बगाएपछि बचाउन गएकी १५ वर्षीया सुशीला शाही बेपत्ता भएकी प्रहरी नायव उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । रासस