लुम्बिनी (रुपन्देही), २२ असोज । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारसँग विगतमा भएका सहमति र सम्झौतालाई कार्यन्वयन गरे तत्काल आन्दोलन रोकिने बताउनुभएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले मधेसी दलसँग गरेको सहमति कार्यान्वयन नहुँदा विगत दुई महिनादेखि तराई मधेस अशान्त रहेको उल्लेख गर्दै सरकारसँग वार्तालाई परिणाममुखी बनाउन आग्रह गर्नुभयो ।
उहाँले मधेस आन्दोलनलाई भारतले सहयोग गरेको भन्ने भनाइ झुठा भएको उल्लेख गर्दै भारतसँग सम्बन्ध बिग्रँदा दुवै देशलाई अहित हुने विचार प्रकट गर्नुभयो । रासस












प्रतिक्रिया