१ कार्तिक २०८३, शनिबार

भारतबाट दुई ग्यास बुलेट भित्रिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bandकाँकडभिट्टा (झापा), २२ असोज । पूर्वी नाका काँकडभिट्टाबाट आज दुईवटा ग्यास बुलेटसहित ६० वटा गाडी नेपाल भित्रिएका छन् ।

बन्दकर्ताको कुनै अवरोध नभए पनि नाकाबाट डिजेल र पेट्रोल बोकेका कुनै पनि गाडी आज प्रवेश नगरेको मेची भन्सार कार्यालयका सूचना अधिकृत दीपेन्द्र झाले बनाउनुभयो । उहाँको अनुसार गएराति पाँच ट्याङ्कर पेट्रोल र डिजेल आएको थियो ।

मेची पेट्रोलियम व्यवसायी सङ्घका अध्यक्ष लय भण्डारीले आज नेपालबाट तेल भर्न भारतको सिलगुढी डिपोमा ३० वटा ट्याङ्कर गएको बताउनुभयो ।

भारतबाट हिजो बेलुका आएको पाँच ट्याङकर पेट्रोल तथा डिजेल गृह मन्त्रालयको निर्देशनमा झापाको चारआलीस्थित आयल निगमको परिसरमा राखिएको उहाँको भनाइ छ । रासस