काठमाडौं, २२ असोज । नेपालको नं. १ रेमिटेन्स कम्पनी आईएमई लिमिटेडले ‘आईएमई बचत दश लाख’ योजना अन्तर्गत सुरुका तीन हप्ताका भाग्यशाली विजेताहरुको नाम सार्वजनिक गरेको छ ।
असोज १ बाट सञ्चालन गरेको सेवाग्राहीमुखी प्रवद्र्घनात्मक कार्यक्रम ‘दशैं आयो, खर्च हुन्छ, आईएमई गर्नुहोस् बचत हुन्छ’ भन्ने नाराका साथ प्रस्तुत ‘आईएमई बचत दश लाख’ दूई महिना लामो योजना अन्तर्गत सुरुका तीन हप्ताका भाग्यशाली विजेताहरुको नाम शुक्रबार सार्वजनिक गरिएको हो ।
आईएमईको विश्वव्यापी संजालमार्फत् यो अवधिमा आप्रवाह भएको अन्तर्राष्ट्रिय एवं आन्तरिक रेमिटेन्स ट्रान्जेक्सन नम्बरका आधारमा डिजिटल लक्की ‘ड्र’ को प्रयोग गरि दैनिकतर्फ २१ जना र साप्ताहिकतर्फ ३ जना सेवाग्राही विजेता घोषित भएका छन् ।
विजेतामा रकम पठाउनेतर्फ मलेसिया, कतार, दुबई, बहराईन, साउदी अरब, भारत एवं आन्तरिक रेमिटेन्स सेवातर्फका सेवाग्राही घोषित हुनुभएको हो ।
दैनिक लक्की ‘ड्र’ मा छनोट हुनेलाई रू. ५ हजार र साप्ताहिक लक्की ‘ड्र’ मा छनोट हुनुहुने क्रमशः प्रथम हप्ताका लागि भीम नमराज गिरी, दोश्रो हप्ताका लागि तेज बहादुर नेपाल र तेस्रो हप्ताका लागि राजेन्द्र अधिकारीलाई आईएमका तर्फबाट योजना अन्तर्गत रू.५०÷५० हजारको बचत खाता ग्लोबल आईएमई बैंकमा खोलाईएको आइएमईका जन सम्पर्क प्रवन्धक राजु पौडेलले जानकारी दिनुभयो ।
















प्रतिक्रिया