११ कार्तिक २०८३, बुधबार

दुईजनालाई जेल चलान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौशाला, २१ असोज । महोत्तरी जिल्ला अदालतले कुटपिटका मुद्दाका दुई फरार अभियुक्तलाई पुर्पक्षका लागि आज जेल चलान गरेको छ ।

जेल चलान हुनेमा महोत्तरी जिल्लाको नैन्ही–२ बस्ने ४५ वर्षीय शत्रुधन यादव र २६ वर्षीय सञ्जीत राय यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

गत भदौ ११ गते राति ८ बजेको समयमा नैन्ही–२ बस्ने कानुन व्यवसायी कौशलेन्द्र झालाई चारजनाको समूहमा कुटपिट गरेको आरोपमा जिल्ला अदालतले दुबैजनालाई कुटपिट मुद्दा अन्तर्गत पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको छ ।

घटनापश्चात् भारतमा लुकी बसेका यादवद्वयलाई प्रहरीले गएराति घर आएको सुराकीका आधारमा आज बिहान घरैबाट पक्राउ गरी अदालतमा पेस गरेका थियो ।

सोही मुद्दामा नैन्ही–२ बस्ने २५ वर्षीय रामश्रेष्ठ यादव र २७ वर्षीय अशोक यादव अझै फरार रहेको तथा उनीहरुको पनि व्यापक रुपमा खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस