११ कार्तिक २०८३, बुधबार

दशैँ तिहारसम्म आन्दोलनका सबै कार्यक्रम रोक्ने निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kanchanpur-student (2)महेन्द्रनगर, २१ असोज । सुदूरपश्चिम विश्वविद्यालयको नाम परिर्वतन गरेको चरणबद्ध रुपमा आन्दोलनमा उत्रिएका पाँच विद्यार्थी संगठनहरुले आन्दोलन स्थगित गरेका छन् ।

गत शुक्रबार देखि नेवि संघबाहेक एमाले सम्बद्ध अनेरास्ववियु, एमाओवादी सम्बद्ध अखिल क्रान्तिकारी, वैद्य÷विप्लव माओवादी सम्बद्ध क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा सम्बद्ध अखिल छैटौँका विद्यार्थी संगठनहरुले चरणबद्ध रुपमा गर्दैै आएको आन्दोलनका सम्पूर्ण कार्यक्रम बिहीबारदेखि केही दिनका लागि स्थगित गरेका हुन् ।

आन्दोलनरत पाँचै विद्यार्थी संगठनहरुको महेन्द्रनगरमा बसेको बैठले दशैँ तिहारलाई मध्यनजर गर्दै सो समयसम्मका लागि आन्दोलन स्थगित गरिएको अनेरास्ववियुका उपाध्यक्ष नरेश सिंहले बताउनुभयो । उहाँका अनुसार विश्व विद्यालयमा लगाईएको ताला यथावत रहने छ । बाँकी आन्दोलनका कार्यक्रम स्थगित गरिएका हुन ।

आन्दोलन स्थगित गरिएको समयमा माग पुरा गरे आन्दोलन स्वतः फिर्ता हुनेछ । नाम परिर्वतनको बिरुद्धमा पाँच विद्यार्थी संगठनहरुले तालाबन्दी, शैक्षिक हड्ताल, शिक्षा मन्त्री, सिचाईमन्त्रीको पुत्लादहन, कार्यक्रम बहिष्कार समेत गरेका थिए । विद्यार्थी संगठनहरुले माग पुरा नहुन्जेलसम्म आन्दोलन नरोक्ने चेतावनी समेत दिएका छन् ।