वालिङ, २१ असोज । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चाडपर्वलाई लक्षित गरी एक महिने अभियान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले चाडपर्वका बेला हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी ‘चोरी, जुवातास र अवैध मादक पदार्थको रोकथाम, सरसफाइ, चेतना अभियानसम्बन्धी एक महिने अभियान सञ्चालन गर्ने जनाएको छ ।
“समाजमा शान्ति सुरक्षा कायम गर्नमा प्रहरी एक्लैले मात्रै सम्भव हुँदैन” स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजकुमार वैदवारले भन्नुभयो – “प्रहरीले थालनी गरेको यो अभियानलाई सफल पार्न सरोकारवाला एवम् जिल्लावासीलाई आग्रह गर्दछु ।”
उहाँले एक महिने अभियानका सम्बन्धमा जानकारी दिँदै दसँै तिहारको अवसरमा १७४ वटा मन्दिर, १२ वटा गुम्बा, सातवटा मदरसा र सातवटा चर्चमा स्थानीय समितिसँग सहकार्य गरी प्रहरी सरसफाइ कार्यमा संलग्न हुने बताउनुभयो ।
कार्यालयबाट अपराध रोकथामका लागि हालसम्म चालिएका प्रयास तथा कार्यशैली, अपराध न्यूनीकरणका लागि प्रहरीको भावी रणनीति तथा अपराधको तथ्याङ्कको सम्बन्धमा जानकारीसमेत उहाँले गराउनुभयो ।















प्रतिक्रिया