१ कार्तिक २०८३, आइतबार

मानव धर्मद्वारा ‘शिक्षा अभियान’अन्तर्गत शैक्षिक सामाग्री वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । नेपाल मानव धर्म सेवा समितिले “शिक्षा अभियान” अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका झण्डै दर्जन विद्यालयका विद्यार्थीलाई पाठ्यसामाग्री हस्तान्तरण गरेको छ ।

बाडेगाउँ गाविसका वडा नं. ६ र ७ मा रहेका निम्न मा.वि. तथा प्रा.वि. गरी ८ वटा विद्यालयमा अध्ययनरत करीब पाँच सय बढी विद्यार्थीलाई पाठ्यसामाग्री वितरण गरिएको हो । समितिले भूकम्पपीडितहरूलाई विभिन्न समयमा सहयोग गर्दै पनि आएको छ ।

सो अवसरमा समारोहका प्रमुख अतिथि श्री शंकरनाथ आचार्यले सृष्टि रचनामा संसारमा प्राणीहरूले कहिले काहीँ पनि प्रकृतिको अप्रत्याशीत प्रकोप झेल्नुपर्ने बाध्यता हुने बताउनुभयो । वैशाख १२ गते नेपालमा गएको महाविनाशकारी भूकम्पको त्रासदी नेपाली जनताहरूले झेल्नुपरेको उहाँको भनाइ थियो ।

दुःखद् पीडाको घडीमा नेपाल मानव धर्म सेवा समितिले राहत, कपडा, पाठ्य सामाग्री तथा अन्य खाद्य पदार्थ बेलाबेलामा वितरण गरी ठूलो योगदान पुराएकोमा सबैको तर्फबाट आचार्यले धन्यवाद दिनुभयो ।

केन्द्र प्रमुख महात्मा चमेली वाई जीले जनमानसलाई सम्बोधन गर्दै भन्नुभयो, ‘मानवको जीवन असत्यबाट सत्यतिर, अन्धकारबाट प्रकाशतिर तथा मृत्युबाट अमृत्युतिर जाने परमात्माले प्रदान गरेको उत्तम अवसर हो । यदि  मनुष्यले यस अवसरको सदुपयोग चेतनाको उच्चतम स्तरलाई प्राप्त गर्नको लागि गर्दैन भने उसले आफ्नो अवमूल्यन गरिरहेको हुन्छ ।’

उहाँले भौतिक उन्नतिलाई मात्र सर्वोच्च प्राथमिकता नदिएर आध्यात्मिक उन्नतिलाई समेत सर्वोच्च प्राथमिकता दिनु पर्ने बताउनुभयो । ‘त्यो अवस्था तब नै प्राप्त हुन्छ जब मानवलाई जीवनमा सच्चा सद्गुरुको कृपा प्राप्त हुन्छ’, उहाँले भन्नुभयो, ‘समयको सच्चा सदुगुरु प्राप्त भई आत्माज्ञान प्राप्त भएमा मानव सहजता पूर्वक भवसागर पार हुन सक्दछ ।’

सद्गुरुदेव श्री सतपाल जी महाराजको प्रेरणाद्वारा नेपाल मानव धर्म सेवा समितिबाट शूभारम्भ गरिएको “शिक्षा अभियान”ले भूकम्पबाट गुग्रिएको सिन्धुपाल्चोक जिल्लाको बाडेगाउँ गाविसका निम्न मा.वि. तथा प्रा.वि. गरी ८ वटा विद्यालयमा अध्ययनरत करीब पाँच सय बढी विद्यार्थीलाई पाठ्यसामाग्रीहरू सोही विद्यालयका शिक्षक तथा अविभावकहरूको उपस्थितिमा वितरण गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

1

2 3 4 5 6