३० आश्विन २०८३, शुक्रबार

भारतीय नाकाबन्दीविरुद्ध नेपालबाट राष्ट्रसंघमा उजुरीपत्र पठाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Un-ban-ki-moon

काठमाडौं, २० असोज । संविधान निर्माणको विषयलाई लिएरमा नेपालमा अघोषित नाकाबन्दी गरिरहेको भारतविरुद्ध राष्ट्रसंघमा उजुरीपत्र पठाइएको छ ।

अघोषित नाकाबन्दी गरेर नेपाली जनताको अधिकारलाई हनन गरेको अरोप लगाउँदै बुधबार नेपालका तर्फबाट ३३ दलीय मोर्चाले संयुक्त राष्ट्र संघका महासचिव वान कि मूनलाई उजुरीपत्र पठाएको हो । पत्रमा अघोषित नाकाबन्दी सन्धि सम्झौता विपरित भएको उल्लेख गर्दै राष्ट्रसंघबाट भारतलाई कारवाही गर्न माग गरिएको छ ।

३३ दलीय मोर्चाका संयोजक युवराज सफलले तत्काल नेपालमाथि लगाइएको अघोषित नाकाबन्दी फिर्ताको लागि भारत सरकारलाई दबाब दिन राष्ट्रसंघलाई उजुरीपत्र पठाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘सानो देश भन्दैमा विश्वमा भएका सन्धी सम्झौता विपरित भारतले नाकाबन्दी गरिरहेको छ । त्यसका विरुद्ध हामीले सहयोगको याचना गर्दै र भारतलाई कारवाही गरी क्षतिपूर्तिको माग गर्दै राष्ट्र संघमा नेपालका तर्फबाट उजुरीपत्र पठायौं ।’

यदि उजुरी पत्रलाई राष्ट्रसंघले गम्भीरताका साथ लिए भारतलाई कारवाही हुन सक्छ ।

यस्तो छ नेपालबाट पठाइएको उजुरीपत्र:LETTER-400x294