
भैरहवा, २० असोज । रुपन्देहीको बेलहिया नाकामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र प्रहरीबीच झडप भएको छ ।
झडपमा घरेलु हतियारबाट आक्रमण भएको छ । धारिलो हतियारको आक्रमणबाट परिचय खुल्न नसकेका एकजना गम्भीर घाइते भएका छन् । घरेलु हतियार कुन समूहबाट प्रहार भयो भन्ने बारेमा खुल्न सकेको छैन् । नाकामा अवरोध गर्न भन्दै मोर्चाका कार्यकर्ताहरु भन्सार क्षेत्रमा धर्ना बस्न खोज्दा प्रहरीले हटाएपछि बेलहियामा झडप भएको हो ।
प्रहरीले हटाएपछि मोर्चाका कार्यकर्ता भागेर भारत पसेका छन् । प्रदर्शनकारीलाई भगाउन प्रहरीले स्थानीयको समेत सहयोग पाएको थियो ।यो हप्तादेखि सो क्षेत्रको आन्दोलनको कमाण्ड सदभावना अध्यक्ष राजेन्द्र महतोले सम्हालिरहेका छन् ।
यसअघि भैरहवा भन्सार नाकामा अवरोध गर्ने जिम्मेवारी तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई दिइएको थियो । ठाकुर नेतृत्वको धर्ना प्रभावकारी नभएपछि महतोले मंगलबारबाट आफैले त्यहाँको नेतृत्व सम्हालेका हुन् । महतो आएकै दोस्रो दिन झडप भएको हो ।















प्रतिक्रिया