काठमाडौँ २० असोज । प्रधानमन्त्री सुशील कोइरालासित राष्ट्रिय स्वाधिनता अभियान नेपालका प्रतिनिधिले आज प्रम निवासमा भेटगरी भारतबाट भएको अघोषित नाकाबन्दीका बारेमा ध्यानाकर्षण गराएका छन् ।
द्विपक्षीय सन्धिसम्झौता र अन्तर्राष्ट्रिय मान्यता विपरीत भारतले नाकाबन्दी गरेका भन्दै सरकारले तत्काल सम्बोधन गर्नुपर्ने माग सो प्रतिनिधि मण्डलले गरेको थियो
अभियानका तर्फबाट नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्षद्वय गुरुराज घिमिरे र प्रदीप पौडेल, अनेरास्ववियुका पूर्वअध्यक्षद्वय ठाकुर गैरे र रामकुमारी झाक्री, अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष हिमाल शर्मा र लेखनाथ न्यौपाने, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष नवल खड्का, कलाकार मनोज गजुरेल, पत्रकार प्रेम बाँनियालगायतको सहभागीता रहेको थियो । रासस















प्रतिक्रिया