२४ कार्तिक २०८३, मंगलबार

काँग्रेस महाधिवेशन फागुन तेस्रो साता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौँ, २० असोज । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठकले पार्टीको १३ औँ महाधिवेशन आउँदो फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो ।

केन्द्रीय महाधिवेशनअघि माघ १५ गते वडा, गाउँ र नगर, माघ २२ गते क्षेत्र र माघ २५ गते जिल्ला अधिवेशनसमेत गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

बैठकले अहिले भइरहेको अघोषित नाकाबन्दी खुलाउन सक्दो प्रयास गर्न सरकारसँग अनुरोध गरेको छ ।

सरकारको आगामी नेतृत्वको विषयमा आजको बैठकमा केही केन्द्रीय सदस्यले आफ्नो धारणा राखे पनि पार्टीले ठोस निर्णय बिहीबार बिहान बस्ने बैठकले गर्ने प्रवक्ता बडूले जानकारी दिनुभयो रासस