११ कार्तिक २०८३, बुधबार

भारतबाट तेल आयो, आजदेखि सहज वितरण सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nigam oil btm (4)

झापा, २० असोज । मेची अञ्चलमा आजदेखि पेट्रोल डिजल सहज रुपमा पम्पबाट वितरण गर्न सुरु गरिएको छ ।

नेपाल आयल निगमका अनुसार मंगलबार ५ ट्याड्कर पेटोलियम झापाको चारआली डिपोमा आएकाले आजदेखि सबै उपभोक्तालाई सहज रुपमा वितरण गरिरहेको आयल निगमका मेची प्रमुख आयोगका कमलेश अर्यालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो- माग अनुसार भारतबाट तेल आएकाले वितरण सहजता गरेका छौं । सरकारी मापदण्ड अनुसार सबै उपभोक्ताले तेल पाइरहेका छन् ।

मगलबार झापामा ५२ केल डिजल, २० केल पेट्रोल र १० केल हवाइ इन्धन आइपुगेको थियो । आज विहान पनि २५ ट्याड्कर पेट्रोलियम पदार्थ झापाको डिपोमा आइपुगेकाले मेचीका सबै पम्पबाट तेल वितरण भइरहेको उहाँले बताउनुभयो ।