११ कार्तिक २०८३, बुधबार

कञ्चनपुरका विद्यार्थीले एनपी साउद र चित्रालेखा यादवको पुत्ला जलाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kanchanpur-student (3)

महेन्द्रनगर, १९ असोज । कञ्चनपुरका विद्यार्थीहरुले शिक्षा मन्त्री चित्रालेखा यादव र सिचाई मन्त्री नारायण प्रकाश साउदको पुत्ला जलाएका छन् ।

असोज १४ गते बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिम विश्वविद्यालयको नाम परिवर्तन गरी द्वारिकादेवी ठकुरानी नामाकरण गरेपछि विराध जनाउदै आईरहको विद्यार्थी संगठनले मंगलबार कांग्रेसका दुबै मन्त्रीको पुत्ला जलाएका हुन् ।

साथै विद्यार्थीहरुले सदरमुकाम महेन्द्रनगरमा राँके जुलुससहित विरोध प्रर्दशन गरेका छन् । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र माओवादी सम्बद्ध दुई क्रान्तिकारी विद्यार्थी सङ्गठन र अखिल छैटौले संयुक्तरुपमा राँके जुलुससहित दुबै मन्त्रीको पुत्ला जलाएको अनेरास्ववियू कञ्चनपुरका उपाध्यक्ष नरेशबहादुर सिंहले जानकारी दिनुभयो ।

Kanchanpur-student (1)आन्दोलित विद्यार्थीहरुलेसुदूरपश्चिम विश्वविद्यालयको नाम यथावत् राख्नुपर्ने मागसमेत गरेका छन् । सुदूरपश्चिमको ९ वटै जिल्लाको पहिचान गर्ने गरि राखिएको विश्वविद्यालयको नाम परिवर्तन गरि द्वारिकादेवी ठकुरानी राखिएकोले यो आन्दोलन गर्न बाध्य भएको उपाध्यक्ष सिंहले बताउनुभयो ।

विवादै विवाद भएको सुदूरपश्चिम विश्वविद्यालयको ऐनमा भएको कार्यहरुको कार्यान्वयन गर्नुपर्ने, सिद्धनाथ विज्ञान क्याम्पसको समायोजन गर्नु पर्ने, काम नगरि कसैले नमागेको बखेडा झिकेर नेपाली काग्रेसका सभासदहरुले विश्वविद्यालयलाई धरासायी बनाउन यस्तो कार्य गरेकोे विद्यार्थीहरुको ठहर छ ।

साथै पाँच विद्याथी संगठनले बुधबार शैक्षिक संस्था, सरकारी कार्यालय र सरकारी कार्यालयका यातायात ठप्प पार्ने चेतावनी दिएका छन् ।

Kanchanpur-student (2)