२८ आश्विन २०८३, बुधबार

माओवादीले कांग्रेसलाई मतदान गरेको हो : खनाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhalanathललितपुर, २८ चैत । एमालेका अध्यक्ष झलनाथ खनालले नेकपा–माओवादीका कारण आफूहरु दोस्रो स्थानमा भएको बताएका छन् ।
प्रेस चौतारी नेपालको ललितपुरमा शुरु भएको राष्ट्रिय भेलाको आज (शनिबार) उदघाटन गर्दै अध्यक्ष खनालले कांग्रेस र नेकपा–माओवादीबीच निर्वाचनमा अघोषित तालमेल भएको आरोप लगाए ।

‘गत संविधानसभा निर्वाचनमा बहिष्कारको नीतिमा रहेका नेकपा–माओवादीले कांग्रेसलाई मतदान गरेकाले एमाले पहिलो शक्ति बन्न सकेन,’ उनले भने ।
त्यसै गरी, अध्यक्ष खनालले नयाँ संविधान प्रेसमैत्री हुने बताए । उनले देशभक्तिपूर्ण पत्रकारितालाई सुदृढ गराउन आवश्यक रहेको उल्लेख गरे ।
अध्यक्ष खनालले एक वर्षभित्र संविधान जारी गरी मुलुकलाई समाजवादउन्मुख बनाउनुपर्ने खाँचो पनि आँैल्याए ।

प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले नेपाली समाजको क्रान्तिकारी रुपान्तरणका लागि पार्टी नवौँ महाधिवेशनको संघारमा पुगेको बताए । उनले महाधिवेशन पछि एमाले थप एकताबद्ध हुने विश्वास व्यक्त गरे ।