३० आश्विन २०८३, शुक्रबार

भारतलाई अर्काे झट्काः दुई चिनियाँ नाका खुल्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china-kurang-naka

काठमाडौँ, १८ असोज । अषोघित नाकाबन्दी नेपाललाई दुःख दिइरहेको भारतलाई अब अर्काे झट्का लाग्ने भएको छ ।

नेपाल र चीन सरकारको पहलमा दुई वटा चिनियाँ नाका खोल्ने तयारी अन्तिम चरणमा पुगिसकेकाले अब भारतीय नाकाबन्दीसँग जुध्न सकिने र आपूर्ति सहज हुने भएको हो । सोमबार वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्ति निकालेर चीनसँग जोडिएका खासा र केरुङ नाका केही दिनमा सुचारु हुने जनाएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता ध्रुव घिमिरेबाट जारी गरिएको विज्ञप्तिमा भूकम्पका कारण बन्द भएका उक्त नाका खुलाउन हरसम्भव प्रयास भइरहेको तथा त्यहाँबाट उपभोग्य बस्तुको पैठारीका लागि कूटनीतिकस्तरमा पहलसमेत भइरहेको उल्लेख छ ।

पेट्रोलियम पदार्थको आपूर्तिलाई नियमित गर्नका लागि प्रयत्न गरिरहेको अहिलेको अवस्थामा केही सञ्चारमाध्यममा सरकारले चीनबाट पेट्रोलियम पदार्थको आयात गर्न नदिएको भन्ने समाचार आएकाले मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

ग्यासलगायत अत्यावश्यक इन्धनको विकल्प चाँडो खोज्न माग

ग्यास बिक्रेता महासङ्घ नेपालले ग्याँसलगायत अत्यावश्यक इन्धनको विकल्प चाँडो खोज्न सरकारसँग माग गरेको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महासङ्घका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले भारतले गरेको अघोषित नाकाबन्दीका कारण लामो समयदेखि ग्याँस आयात हुन नसकेकाले अधिकांश उपभोक्ता अहिले मारमा परेको हुँदा इन्धन ल्याउनका लागि तेस्रो मुलुकसँग प्रक्रिया सुरु गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

महासङ्घका उपाध्यक्ष निर्मला श्रेष्ठले दसैँ, तिहारलगायत महत्वपूर्ण पर्व नजिकिँदै गरेको अहिलेको अवस्थामा बजारमा ग्याँसको अभाव देखा परेकाले सरकारले आवश्यक उपाय तथा अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।

देशभर प्रतिमहिना व्यापारिक र उपभोक्ता क्षेत्रमा गरी करिब १२ लाख सिलिन्डरको प्रयोग हुने गरेको बताइएको छ । रासस

China-khasa-nakaChina-kerung-nakaChina-kerung-naka-1