३० आश्विन २०८३, शुक्रबार

सरकारले सुरक्षाकर्मी हटाएपछि एमाले मुख्यालयको सुरक्षा जिम्मा अब पूर्वसैनिक तथा प्रहरी संगठनलाई

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)ले आफ्नो केन्द्रीय कार्यालय च्यासलको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा हटाएपछि पार्टीले पूर्वसैनिक तथा प्रहरी संगठनलाई केन्द्रीय कार्यालयको सुरक्षा जिम्मा दिएको हो ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार कार्यालय परिसरमा सुरक्षा जोखिम बढेको महसुस गर्दै एमालेले चौतर्फी रूपमा शक्तिशाली क्यामेरा (सीसीटीभी) जडान गरी निगरानी समेत बढाएको छ ।

वि.सं. २०४८ देखि सरकारले एमाले केन्द्रीय कार्यालयलाई दिँदै आएको सुरक्षा सेवा हालै कुनै पूर्वजानकारीविना हटाइएको थियो ।

सरकारी सुरक्षा हटाइएपछि र पछिल्लो समय कार्यालय परिसरमा अपरिचित व्यक्तिहरूको अस्वाभाविक आउजाउ तथा गतिविधि बढेपछि पार्टीले आफ्नै तर्फबाट सुरक्षा सतर्कता बढाउनुपरेको जनाइएको छ ।

नयाँ व्यवस्थाअनुसार पूर्वसैनिक तथा पूर्वप्रहरीहरूको टोलीले २४ सै घण्टा कार्यालयको सुरक्षा पहरा दिनेछ भने क्यामेरामार्फत हरेक गतिविधिको सूक्ष्म निगरानी गरिने बताइएको छ ।