२१ कार्तिक २०८३, शनिबार

सरकारको नेतृत्वका विषयमा एमाले ‘ब्याक’ नहुने, यसरी हुँदैछ तयारी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yubraj-Gewaliकाठमाडौं, १८ असोज । संसदको दोस्रो ठूलो दल नेकपा (एमाले)ले आफूलाई प्रधानमन्त्री निर्वाचनको दौडमा आफूलाई ‘ब्याक’ नगराउने जनाएको छ । त्यसका लागि राजनीतिक रुपमा लबिङ् गर्ने एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले बताउनुभयो ।

दैनिक नेपालसँग आज (सोमबार) बिहान कुरागर्दै उपाध्यक्ष ज्ञवालीले भन्नुभयो, ‘पाँच जना शीर्ष नेताहरू रहेको वार्ता टोली गठन भएको छ ।

सरकारको नेतृत्व लिने विषयमा हामी कुदापि पछाडि हट्दैनौ ।’ उहाँले कांग्रेसलाई मनाएरै प्रमुख तीन दलसहितको सरकार गठन हुने दाबी गर्नुभयो ।

सुशील कोइराला नेतृत्वको सरकार गठन हुँदाको सहमति र १६ बुँदेको सम्झौतालाई कांग्रेसले भुल्न नहुने बताउनुभएका एमाले उपाध्यक्ष ज्ञवालीले सबैलाई मिलाएर सरकार बनाउने दायित्व आफूहरूको काँधमा आएको बताउनुभयो । उहाँले अन्य दलहरूलाई पनि सरकारमा सहभागी गराउन भित्रभित्रै कुराहरू चलिरहेको उल्लेख गर्नुभएको छ ।

सबै असहमतिहरू भुलेर संघीय लोकतान्त्रिक संविधान निर्माण गरेको स्मरण गर्नुभएका ज्ञवालीले भन्नुभयो, ‘नेपालको संविधान २०७२ लाई कार्यान्वयन गर्नका लागि पनि कांग्रेस, एमाले र एकीकृत माओवादीसहितको सहकार्य अनिर्वाय छ ।’

सहमतीय सरकार गठनमा आफूहरूले जोड दिएको बताउनुभएका उपाध्यक्ष ज्ञवालीले सहमतिमा सरकार गठन हुन नसके एमालेले बहुमतीय प्रक्रियाबाट जसरी पनि सरकारको नेतृत्व लिने बताउनुभयो ।

कांग्रेसले पनि प्रधानमन्त्री पदमा दाबी गरेको सूचना आफूहरूले पनि पत्रपत्रिकाबाट थाहा पाएको बताउनुभएका ज्ञवालीले बताउनु भयो ।

‘कांग्रेसले प्रधानमन्त्री दाबी गरेको सूचना पाएका छौं’, उहाँले भन्नुभयो, ‘तर हामीसँग कांग्रेसको औपचारिक प्रस्ताव आएको छैन । कांग्रेसले पहिला एमालेसँग गरेको भद्र सहमति तोड्छ भन्ने लाग्दैन । र तोड्नु पनि हुँदैन ।’

एमालेले आफ्ना अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने स्थायी समितिबाट सर्वसम्म निर्णय पनि गरिसकेको छ ।

त्यसका लागि एमालेले अध्यक्ष ओलीकै नेतृत्वमा शीर्ष नेताहरू रहेको पाँच सदस्यीय वार्ता टोली पनि बनाइसकेको छ ।