काठमाडौं, १८ असोज । भारतको अघोषित नाकाबन्दी, प्रधानमन्त्रीको निर्वाचन र मुलुकको पछिल्लो राजनीतिक विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ ।
प्रधानमन्त्री सुशील कोइरालाले मुलुकको समग्र राजनीतिक विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाउनुभएको हो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूका नेताहरूलाई बोलाइएको बालुवाटार स्रोतले जनाएको छ ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने ३१ दलका नेता तथा प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ ।
राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि आव्हान गरेकोले सहमति सरकार गठनबारे पनि छलफल हुने बुझिएको छ ।
सहमतीय सरकार गठनको म्याद असोज २१ गतेसम्म छ । असोज २२ गतेदेखि बहुमतीय आधारमा प्रधानमन्त्री चुन्ने प्रक्रिया प्रारम्भ हुनेछ । बैठक बालुवाटारमा दश बजेपछि बस्ने कार्यक्रम छ ।












प्रतिक्रिया