२१ कार्तिक २०८३, शनिबार

भारतीय पक्षको स्वीकारोक्ति ‘नेपालमा भारतीय कुटनीतिक असफलता भो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

K V Rajanकाठमाडौं, १८ असोज । नेपालका लागि भारतीय पूर्व राजदूत केभी राजनले भारतको कुटनीतिक असफलताका कारण अहिलेको समस्या आएको संकेत गरेका छन् ।

उनले भारतीय पक्षले कुटनीतिक विषयलाई सार्वजनिक गरेर राम्रो नगरेको बताएका हुन् ।

नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व राजदूत राजनले भारतले नेपालसँग केही चाहेको भए त्यहीअनुसार भित्रभित्रै काम गर्नुपर्ने बताए ।

‘भारतले नेपालसँग केही चाहेको थियो भने कुटनीतिक रुपमा भित्रभित्र गर्नुपर्ने थियो’, पूर्व राजदूत राजनले भने, ‘कुटनीतिक रुपमा राम्रो प्रयास हुन नसक्दा नेपालमा भारत विरोधी आन्दोलन भएको हो । यो राम्रो भएन । दुबै पक्षलाई घाटा हुन्छ ।’

नेपालको आन्तरिक राजनीतिक मामिलामा भारतीय पक्षले खुला रुपमा देखाएको चासोलाई पूर्व राजदूत राजनले कुटनीतिक असफलता भएको दोहराए ।