२१ कार्तिक २०८३, शनिबार

नाकाबन्दीबारे भारतलाई नेपालको कडा चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi and Dip Kumar
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्दै नेपाली राजदूत । फाइल तस्वीर

काठमाडौं, १७ असोज । संविधानमा असन्तुष्टि जनाउँदै नेपालसँग जोडिएका सीमामा नाकाबन्दी गरिरहेको भारतलाई आइतबार नेपालले कडा चेतावनी दिएको छ ।

नाकाबन्दी गरेर पेट्रोलियम पदार्थ आपूर्ति बन्द गरिराखे चीनबाट विकल्प खोज्न बाध्य हुने चेतावनी नेपालले भारतलाई दिएको हो । भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायले भारतीय सरकारी समाचार सँस्था पीटिआर्इसँगको अन्तर्वार्तामा भारतबाट आपूर्ति नभए ढुवानीमा कठिन भएपनि चीनबाट पेट्रोलियम पदार्थ आयात गर्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो– यदि पेलेर नेपाललाई ‘मरता क्या नहीं करता’ को अवस्थामा पुर्‍याउने हो भने हामी अरु देशसँग विकल्प खोज्न बाध्य हुन्छौं ।’ नेपाललाई पेलेर भित्तामा नपुर्‍याउनु समेत राजदूत उपाध्यायले आग्रह गर्नुभयो ।

उनले भारतलाई समयसीमा तोक्न आग्रह गर्दै भने- ‘भारतले कहिले तेल आपूर्ति गर्छ समय भन्नु पर्‍यो । कति घण्टा, कति हप्ता वा महिनामा खुल्छ बाटो ?’  अन्य देशबाट तेल ल्याउदा केही अप्ठेरो हुने भएपनि अन्य कुनै विकल्प नभएमा चीन लगायत अन्य देशसँग कुरा अगाडि बढाउने भनाई समेत उहाँले अन्तर्वार्तामा राख्नुभयो ।

नेपालमा भइरहेको भारतविरुद्ध प्रदर्शनलाई स्वभाविक भन्दै राजदूत उपाध्यायले भन्नुभयो- ‘जब भारतले भूकम्पको बेला सहयोग गर्‍यो, सबैले प्रशंसा गरे र धन्यवाद दिए । अहिले आपूर्ति रोकेपछि मानिसहरुले प्रदर्शन गरे । यो स्वभाविक हो ।’ यसैबीच नेपाली राजदूत उपाध्यायले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्दैछन् ।