१० कार्तिक २०८३, मंगलबार

बाबुरामलाई कैलालीमा निषेध !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai (1)धनगढी, १७ असोज । एमाओवादी पार्टी परित्याग गरी देशदौडाहमा रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कैलाली नआउन जिल्ला प्रशासन कार्यालय कैलालीले आग्रह गरेको छ ।

थरुहट थारुवान संघर्ष समिति कैलालीले असोज २० गते धनगढीमा हुने आमसभामा बाबुरामलाई सम्बोधन गराउने तयारी गरिरहेको बेला प्रशासनले सो आग्रह गरेको हो । थरुहट थारुवान र अखण्ड सुदूरपश्चिम पक्षबीच सम्बन्ध सुधार नभएको भन्दै प्रशासनले पत्र पठाएर बाबुरामलाई जुनसुकै बेला अप्रिय घटना हुन सक्ने भएकाले धनगढीमा हुने सभा सम्बोधन नगर्न सुझाव दिएको हो ।

प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाइँले प्रेस विज्ञप्ति जारी गरेर जिल्लाको शान्ति सुरक्षा अबस्था चूनौतिपूर्ण रहेकोले जुनसुकै समयमा जस्तोसुकै घटना हुन सक्ने भएकाले कैलाली नआउन बाबुरामलाई आग्रह गरेको जनाए ।

थरुहट थारुवान प्रदेश माग गर्दै आन्दोलनरत संघर्ष समितिले जिल्लाको विभिन्न स्थानमा आमसभा र प्रदर्शन गर्दै आएको छ । सो क्रममा बुधबार धनगढीमा आमसभा गर्ने तयारी गरेरको र सो सभालाई सम्बोधन गर्न बाबुरामलाई निम्तो गरिएको संघर्ष समितिका प्रवक्ता माधव चौधरीले बताए ।