– सुधासुमन ढकाल
दाङ, १७ असोज । दाङको तुलसीपुरमा मौज्दात (स्टक) भन्दा बढी इन्धनको कुपन वितरण भएपछि स्थानीय उपभोक्ताहरु आक्रोशित भएका छन् ।
पेट्रोल पम्पहरुमा तेल नभए पनि कुपन वितरण गरेर जनतालाई दुःख दिने काम गरेको भन्दै प्रशासन प्रति कडा आक्रोश पोखेका हुन् । ३ घण्टा सम्म लाइनमा बसेर बल्लतल्ल ३० लिटर डिजेलको कुपन लिएर गएका बसका सह–चालक नगेन्द्र वलीले पम्पले तेल छैन भनेपछि रित्तोहात फर्खिनु परेको दुःखेसो पोखे ।
यता इलाका प्रशासन कार्यालय तुलसीपुरले भूलबस बढी कुपन वितरण हुँदा समस्या पैदा भएको बताएको छ । कार्यालयका प्रमुख धनबहादुर केसीले भने– ‘मैले पनि हस्तार गरिहाले तल कर्मचारीले पनि कुपन वितरण गरी हाले छन् समस्या भयो ।’ केसीका अनुसार ५ हजार डिजेल मौज्दात रहेकोमा कुपन भने झण्डै ६ हजार ५ सय लिटर वितरण भएको छ ।
हिजो आएको १२ हजार डिजेल मध्य तुलसीपुरको मोतीपुरमा रहेको सुर्य पेट्रोल पम्प र संजात पेट्रोलपम्मा ६ हजार झरेको थियो । ६ हजार मध्य १ हजार दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले मौजुदा राख्न निर्देशन दिएका थिए ।
भारतले एक हप्ता अघि देखि अघोषीत रुपमा नाका बन्दी गर्दा तेलको अभाव देखिएपछि गएको बुधबारदेखि दाङमा प्रशासनले कुपन वितरण गर्न सुरु गरेको थियो ।















प्रतिक्रिया