– सुमन घिमिरे
मोरङ, १७ असोज । अर्थमन्त्री डा. रामशरण महतले अगामी राष्ट्रिय सरकारको नेतृत्व लिन तयार रहेको बताउनुभएको छ ।
विराटनगरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै अर्थमन्त्री महतले १६ बुँदे सहमतिमा केपी ओलीलाई प्रधानमन्त्री बनाउने सहमति नभएको दाबी गर्दै कुनै पार्टीको नेतृत्वमा पनि सरकार बन्न सक्ने बताउनुभयो ।
अबको सरकारका विषयमा पार्टीभित्र छलफल हुने बताउँदै महतले पार्टीले दिए आफू समेत प्रधानमन्त्रीका लागि तयार रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो- पार्टीले मलाई छान्यो भने प्रधानमन्त्रीमा लड्न तयार छु ।













प्रतिक्रिया