३० आश्विन २०८३, शुक्रबार

तत्काल चिनियाँ नाका खोल्न सकिँदैन्ः अर्थमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramsharan-Mahat– सुमन घिमिरे

विराटनगर, १७ असोज । अर्थमन्त्री डा. रामशरण महतले तत्काल चिनियाँ नाका खोल्न नसकिने बताउनुभएको छ ।

भारतको अघोषित नाकाबन्दीले देशमा हाहाकार मच्चिदा चीनबाट आपूर्ति गर्नुपर्ने आवाज उठिरहेका बेला विराटनगरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री महतले अति आवश्यक सामग्री नेपाल भित्र्याउन पनि तत्कालै चिनियाँ नाकाबाट नसकिने बताउनुभएको हो ।

उहाँले भन्नुभयो- ‘भूकम्पको कारण सडक संरचना विग्रिएको छ । सडक संरचनाले पूर्णता पाउन अझै केही समय लाग्छ, यसले गर्दा तत्काल नाका खुल्ने अवस्था छैन ।’ भौगोलिक अवस्था जटिल भएका कारण पनि चीनको नाका खोलिहाल्ने अवस्था नरहेको मन्त्री महतको भनाई थियो ।

नेपाल भारतको दशगजा क्षेत्रमा हुने आन्दोलनले कसैको पनि हित नगर्ने बताउँदै उहाँले मधेशको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण मुलुकको अर्थतन्त्र ध्वस्त भएको बताउनुभयो ।

मधेशी दलका मागका विषयमा छलफल भईरहेको बताउँदै मन्त्री महतले संसदबाटै निकाश निकाल्न सरकार तयार रहेकाले आन्दोलन छाडेर वार्तामा आउन आग्रह गर्नुभयो ।