१० कार्तिक २०८३, मंगलबार

सप्तरीको सीतापुरमा लाखौँको चोरी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Chorसप्तरी, १७ असोज । सप्तरीको सीतापुर– १ स्थित चाँदनी चोकमा गएराति एक घरबाट लाखौँ मूल्य बराबरको चोरी भएको छ ।

दश बाह्रजनाको समूहमा आएका चोरहरुले स्थानीयवासी कमलनारायण चौधरीको घरबाट लाखौँ मूल्य बराबरको चोरी गरेको प्रहरीले जनाएको छ ।

ती चोरले घरमा लगाइएको ताल्चा फुटाएर चोरी गरेका हुन् । चौधरीको घरबाट ५० तोला चाँदी, पाँच तोला सुन, लत्ताकपडा भाँडाबर्तन र नगद एक लाख गरी करिब १० लाख मूल्यको सामान चोरी भएको बताइएको छ ।

चोरी गर्ने चोरहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । चौधरी जागिरको सिलसिलामा दैलेखमा बस्दै आएका बेला चोरले मौका छोपेर चोरी गरेको प्रहरीले जनाएको छ । रासस