१० कार्तिक २०८३, मंगलबार

नाका खुलाएपछि भारतीय राजदूत रातारात प्रधानमन्त्री भेट्न बालुवाटारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ranjit-rayकाठमाडौँ, १६ असोज । प्रधानमन्त्री सुशील कोइरालासँग नेपालका लागि भारतका राजदूत रणजित रायले आज अपराह्न भेटवार्ता गर्नुभयो ।

त्यस अवसरमा उहाँहरुबीच नेपाल-भारत सम्बन्धका साथै भारतबाट नेपालतर्फ आपूर्ति हुने पेट्रोलियम पदार्थलगायत अत्यावश्यक सामानको ढुवानीबारेमा छलफल भएको थियो ।

प्रधानमन्त्री कोइरालाले भारतबाट नियमित रुपमा हुनुपर्ने पेट्रोलियम पदार्थलगायत अत्यावश्यक सामानको आपूर्ति सहज बनाउन भारतको उच्चतम तहमा पहल गर्न राजदूत रायलाई अनुरोध गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले बताउनुभयो ।

भारतीय राजदूतले शुक्रबारदेखि केही नाकाबाट पेट्रोलियम पदार्थको आपूर्ति सहज भएको तथा आज बेलुका र भोलिसम्म थप केही नाकाको अवस्था पनि सहज हुने जानकारी गराउनुभएको श्री अधिकारीले बताउनुभयो । रासस