३० आश्विन २०८३, शुक्रबार

बलिउडका तीन खानबारे अजय देवगनको कडा प्रतिक्रिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ajay-Devganमुम्बई । बलिउडका चर्चित अभिनेता अजय देवगनले बलिउडकै तीन चर्चित खान अभिनेताबारे कडा प्रतिक्रिया दिएका छन् ।

शुक्रबार आफ्नो एक अन्तर्वार्ताका क्रममा अजयले बलिउडका तीन शाहरुख, सलमान र आमिर खानसँगै आफूले पनि बलिउडमा करियर सुरु गरेको भन्दै तीन खानको छायाँमा आफू नरहेको प्रष्ट पारेका हुन् ।

‘शाहरुख, सलमान, आमिर, अक्षय कुमारसँग सँगै मैले पनि २५ वर्षदेखि बलिउडमा करियर बनाएको छु । र म अहिले तीन खानको छायाँमा परे भन्नु भ्रम मात्रै हो । यो धारणा मिडिया आफैंले सिर्जना गरेको हो’ उनले प्रष्ट पारे ।

आफू आफ्नै मेहनतमा स्टार भएको बताउँदै अजयले भने- ‘तीन खानको छाया पर्र्याे भन्ने विषयमा एक अंश पनि सत्यता छैन । मलाई मेरो पहिलो फिल्म ‘फुल अ‍ैर काँटे’ ले नै स्टार बनाएको हो । त्यसपछि मलाई कहिल्यै पछाडी फर्केर हेर्नुपरेको छैन । म आफैंमा स्टार छु र सधैं रहनेछु ।’