१० कार्तिक २०८३, मंगलबार

पार्टी छाडेका बाबुराम आफ्नै पक्षका नेताको आचोलना खेप्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Top-rayamghiकाठमाडौं, १६ असोज । एमाओवादी परित्याग गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई जति बाहिर आलोचित भइरहेका छन् त्यती नै पार्टीमा उनको आलोचना भइरहेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षभन्दा पनि बाबुराम पक्षकै नेताले उनको बढी आलोचना गरिरहेका छन् । बाबुरामका एकदमै नजिक मानिने एमाओवादी सचिव टोप बहादुर रायमाझीले सबैभन्दा बढी आलोचना गरेका छन् । जबकी पार्टी छाड्नुपूर्व परित्याग गर्न लागेको बाबुरामले टोपलाई मात्र जानकारी गराएका थिए ।

शनिबार पनि राजधानीमा आयोजित एक कार्यक्रममा नेता रायमाझी आफ्नै पक्षका नेता बाबुरामको कडा शब्दमा आलोचना गरेका छन् । नेता रायमाझीले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने समयमा डा भट्टराईले पार्टी परित्याग गरेर गलत गरेको बताए ।

उनले विभिन्न टुक्रामा विभक्त भएको माओवादी आन्दोलनलाई एकताबद्ध बनाएर अगाडि लैजान पहल र प्रयत्न गर्नुपर्नेमा पार्टी छोड्ने कुरा कुनै पनि हालतमा जायज मान्न नसकिने धारणा राखे ।

रायमाझीले भने– “डा भट्टराईले गलत काम गर्नुभयो, उहाँको पछि लाग्न सकिँदैन, पार्टीमा नै रहेर सङ्घर्ष गरिन्छ, परित्याग गरिँदैन । एकताबद्ध भएर जनताको बीचमा जान म सबैलाई आग्रह गर्दछु ।”