– रामसुन्दर आचार्य
काभ्रे, १६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानलाई ग्याँस र पेट्रोलमा तुलना गर्दै जनता भाड्ने खेल भएको बताउनु भएको छ ।
तराईमा आन्दोलनरत दलहरुलाइ वार्ताको बाटोमा आउन समेत उहाँले आग्रह गर्नु भएको छ । काभ्रेको बनेपामा कार्यकर्ता भेलालाइ सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले बार्ताको बाटोबाटै समस्या समधान हुने भएकाले बार्तामा इमान्दारी पूर्वक आउन आह्वान गर्नु भएको हो । सीमाङकन तथा संघीयतामा भएका विवाद मिलाउने काम आयोगले गर्ने भएकाले तत्काल वार्तामा आउन आह्वान गर्नु भएको हो ।
उहाँले अनाधिकृत नागरिकलाइ नेपाली सरह अधिकार दिन नसकिने स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले देशलाई बिगार्नका लागि एउटा शक्ति लागि परेको हुँदा त्यसमा होसियार रहन आग्रह समेत गर्नुभयो । उहाँले छैडाहरुले नाच देखाए जस्तो देशलाइ विगार्न खोज्ने शक्तिलाइ परास्त पार्नु पर्नेमा जोड दिनुभयो । लामो समय भाषण गर्नु भएका अध्यक्ष ओलीले सरकार गठन सम्बन्धमा केहि कुरा भने राख्नु भएन् । उहाँले सकारात्मक सोचका साथ देशलाइ एकताबद्ध बनाउने पथमा लाग्न आन्दोलनरत दलहरुलाइ आग्रह गर्नुभयो ।
कार्यक्रममा एमालेका केन्द्रीत नेता तथा जिल्ला तहका नेताहरुले सम्बोधन गरेका थिए । सो कार्यक्रममा माओवादीका नेता विशेश्वर बञ्जारा सहित हजारौ नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।












प्रतिक्रिया