काठमाडौं, १० असार । आइतबार उपनिर्वाचन सकिएसँगै प्रशासन तथा प्रहरीमा सरुवा बढुवाको तयारी सुरु भएको छ । निर्वाचन आचारसंहिताकै कारण काठमाडौं प्रहरी प्रमुखको सरुवा समेत निर्वाचन आयोगले रोकेको थियो ।
चुनाव सकिएसँगै प्रहरीमा सरुवाको लागि दौडधुप सुरु भएको छ । खासगरी काठमाडौं प्रहरी प्रमुखकै लागि यतीबेला एसएसपीबीच लडाई छ । तर गृहमन्त्री, गृहसचिव र केही एमाले नेताहरुले एसएसपी उत्तम कार्कीलाई जसरी पनि काठमाडौं प्रहरी परिसरमा पठाउन लागिपरेका छन् । आईजीपीलाई पनि मन्त्री र सचिवको आग्रह नकार्ने मनस्थितीमा छैनन् । सिआईबीमा दुई वर्षसँगै काम गरेकाले पनि कार्कीलाई नै काठमाडौं परिसर पठाउने तयारीमा आईजीपी उपेन्द्रकान्त अर्याल समेत रहेको स्रोत बताउछ । सिआईबीमा रहँदा विभिन्न विवादमा तानिएका एसएसपी कार्की काठमाडौं परिसरका लागि उपयुक्त व्यक्ति नभएको प्रहरी अधिकारीहरु बताउँछन् ।
ब्रिफकेश प्रकरणमा काठमाडौंका प्रहरी प्रमुख एसएसपी रमेश खरेललाई डिआईजी बिज्ञान शर्मा संयोजकत्वको छानबिन समितिको खरेललाई हटाएर कारबाही सिफारिस गरेकाले उनको निरन्तरता हुने सम्भावना छैन । उनी एकमहिने बिदामा छन् ।
काठमाडौैं प्रहरी प्रमुख हुन खरेलकै ब्याचीहरु राजेन्द्रमान श्रेष्ठ पनि लागिपरेका थिए । योगेश्वर रोमखामी, धिरु बस्नेत लगायतका एसएसपी पनि दौडधुपमा थिए । तर सिआईबीमा रहँदा गृहमन्त्री तथा आईजीपीको ‘यसम्यान’ बनेर काम गरेकाले एसएसपी कार्कीलाई नै काठमाडौं प्रहरी प्रमुख बनाउने अन्तिम तयारी छ ।














प्रतिक्रिया