१ कार्तिक २०८३, शनिबार

सिटिभी मोबाइलको ‘स्क्रयाच एण्ड वीन अफर’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ctv Mobiles

काठमाडौं, १६ असोज । ब्राण्डेड मोबाईलको कारोबार, ६० मिनेट केयर सर्भिस तथा एक्सचेन्ज अफरबाट ख्याती कमाएको सिटिभी मोबाईलले दशैं तिहारमा ‘स्क्रयाच एण्ड वीन अफर’सहित हात खाली नजाने उपहार योजना ल्याएको छ ।

असोज १६ गतेबाट कात्तिक २८ गते सम्मका लागि ल्याएको ‘स्क्रयाच एण्ड वीन अफर’ योजना अन्तर्गत आइफोन ६, सामसुङ नोट ५, बिभिन्न कम्पनीका स्मार्टफोन, म्याकबुक, आइप्याड मिनी, क्यामेरा, गोल्ड क्वाइन, सिल्भर क्वाइन र मोबाइल एशोसरिज उपहारमा राखिएको सिटिभी मोबाइलका प्रबन्धनिर्देशक अलाइभ ग्लाइडरले बताउनुभयो ।

हरेक मोबाइलको खरिदमा ५ सय देखि १० हजार सम्म स्क्रयाच कार्डमार्फत क्यास छुटको ब्यस्था गरिएको छ । जुनसुकै मोबाइलको खरिदमा हातखाली नजाने उपहार राखिएको छ ।

यो योजना अन्तर्गत उपभोक्ताहरुले ताम्राकार कम्प्लेक्सको पसल नं १२,१३ र ३३ तथा चाबहिलस्थित केएल टावरको पसल नं एफ २८ मा रहेको सिटिभी मोबाइलको आउटलेटबाट मोबाइल खरिद गर्नुपर्नेछ ।

पछि पर्नसक्ने ठुला ठुलालक्कि ड्र भन्दाग्राहकहरु प्रत्यक्ष प्राप्तगर्ने छुट तथा हातखाली नजाने उपहारमा बिश्वास गर्ने भएकोले यसपटक सिटिभिले यस्तो योजना ल्याएको सिटिभीका निर्देशक संगम राइले बताउनुभयो । सिटिभीले पुरानो मोबाइल सँग नयाँ मोबाइल एक्सचेन्ज गर्ने अफरलाई भने कायमै राखेको छ ।