३० आश्विन २०८३, शुक्रबार

यु-१९ एएफसी च्याम्पियनसिपमा नेपालको लज्जास्पद हार, इरानसँग १०-० गोलले पराजित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

U-19Nepali-football-playersकाठमाडौं, १६ असोज । उन्नाइस वर्ष मुनिको एएफसी च्याम्पियनसिप छनोट फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले शुक्रबार आयोजक इरानसँग लज्जास्पद हार ब्यहोरेको छ ।

इरानस्थित मसाद सहरको समेन अल एम रङ्गशालामा शुक्रबार राति भएको खेलमा नेपालले घरेलु टोली इरानसँग १०-० को हार बेहोरेको हो । इरानले पहिलो हाफमा ५ र दोस्रो हाफमा थप ५ गोल गरेको थियो ।

गत महिना मात्र उन्नाईस वर्षमुनिको साफ च्याम्पियनसिप उपाधि जितेको नेपाली टोली इरानसँग निरिह बनेको थियो ।

अब नेपालले समूह ‘इ’मा रहेको कुबेतसँग आइतबार र जोर्डनसँग मंगलबार समूह चरणको खेल खेल्नेछ । समूह विजेता १० टिम तथा उपविजेता उत्कृष्ट पाँच टिम बहराइनमा अर्को बर्ष हुने १९ बर्षमुनिको एएफसी च्याम्पियनसिप खेल्नेछन् ।

प्रतियोगितामा नेपालका तर्फबाट विमल घर्तीको कप्तानीमा रहेको नेपाली टोलीको गोलकिपरमा सुजित गुरुङ, रमन रसाइली र देबराज लिम्बु छन् । त्यसैगरी, डिफेन्डरमा अनन्त तामाङ, अमित तामाङ, छिरिङ गुरुङ, सिद्वार्थ रन्जीत, दिनेश राजबंशी र सुदन थापा छन् । मिडफिल्डमा हेमन्त थापामगर, कमल श्रेष्ठ, डोना थापा, तेज तामाङ, किरण सुनुवार, विश्वास श्रेष्ठ र सुसन लामा छन् भने फरवार्डमा सुनिल बाल, अन्जन विष्ट, शिव सुवेदी र जानोममान लिगल रहेका छन् ।