२१ कार्तिक २०८३, शनिबार

राष्ट्रपतिको आह्वानसँगै दलहरू प्रधानमन्त्री खोज्न तात्तिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal-Dahal-&-K-P-Oliकाठमाडौं, १६ असोज । राष्ट्रपति डा रामवरण यादवले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी मन्त्रिपरिषद् गठन गर्न व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गरेका राजनीतिक दललाई छलफलका लागि आह्वान गर्नुभएको छ ।

राष्ट्रपति डा यादवले नेपालको संविधानको धारा २९८ को उपधारा ९२० बमोजिम उक्त आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

योसँगै नयाँ सरकारका लागि दलहरूले तयारी थालेका छन् । विशेष गरेर एमालेले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि आन्तरिक तयारी थालेको स्रोतको भनाइ छ ।

एमालेका नेताहरूले विभिन्न दलका नेताहरूसँग परामर्श गरी समर्थन माग्ने जनाइएको छ ।