काठमाडौँ, १६ असोज । मध्य उपत्यका व्यवसायी सङ्घको बिहीबार सम्पन्न २१औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनले प्रकाश डङ्गोलको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
सङ्घका उपाध्यक्षमा कृष्णराम वासुकला, सचिवमा कृष्ण गिरी, सहसचिवमा कृष्णराम कवाँ, कोषाध्यक्षमा सुरेश खत्री, सहकोषाध्यक्षमा रमेश साहु श्रेष्ठ तथा सदस्यमा खेमनाथ ढुङ्गाना, पञ्चकाजी भार, रामप्रसाद बाग, सूर्यबहादुर नेपाल र विष्णुप्रसाद चौलागाईं निर्वाचित हुनुभएको सङ्घले जनाएको छ । रासस















प्रतिक्रिया