२१ कार्तिक २०८३, शनिबार

एमालेले कांग्रेसको साथ नपाउने संकेत, आउन थाले भित्री कुरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

susil-koirala-and-kp-oliकाठमाडौं, १६ असोज । संसदमा प्रधानमन्त्री सुशील कोइरालाको सम्बोधनपछि नेपाली राजीनितले ‘यू’टर्न लिएको राजनीतिक जानकारहरूले टिप्पणी गर्न लागेका छन् । यो टिप्पणीसँग एमाले र कांग्रेसको चिसोपना पनि सुरु भएको छ । यसलाई मजलज हुने गरेर केही घटना पनि बाहिर आएका छन् ।

घटना सान हुन् तर ती प्रतिनिधिका रुपमा छन् । भारतीय पक्षको नेपाली राजनीतिमा पहिलादेखिकै दबदवाले अहिले पनि त्यसलाई पछ्याइ रहेकैछ । अझ भनौँ कुनै न कुनै बहानामा भारतले नेपालमा प्रभुत्वजमाइ रहन चाहन्छ ।

नेपालमा मधेसी दलहरूको काँधमा बन्दुक राखेर अघोषित रुपमा नाकाबन्दी लगाइ रहेको भारतीय पक्षले एमाले नेतृत्वमा सरकार बनाउने विषय रुचाएका छैन । यसलाई रोक्न भारतीय राजदूत रञ्जित रे ज्यान फालेर लागेका छन् । उनले कांग्रेस, एमाले (असन्तुष्ट समूह), एकीकृत माओवादी र अन्य विभिन्न दलका नेताहरूलाई भेट गरिरहेका छन् । उनले सबैलाई प्रधानमन्त्रीको पद बाँड्दै हिँड्ने गरेको स्रोतको भनाइ छ ।

पछिल्लो पटक भारतीय राजदूत रेले नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवालाई भेटेका छन् । राजधानीमा शुक्रबार भएको अत्यन्तै गोप्य भेटमा भएका कुराकानी बाहिर नआए पनि उनका नजिकका नेताहरूले कांग्रेसको नेतृत्वमा फेरि नयाँ सरकार बन्न सक्छ भनेर अभिव्यक्ति दिन थालेका छन् । कांग्रेसका केन्द्रीय सदस्य एवम् देउवाका नजिकका नेता डा.प्रकाशशरण महतले एमालेकै नेतृत्वमा अझ केपी ओलीलाई प्रधनमन्त्री बनाउने सहमति कतै नभएको टिप्पणी गर्नुभएको छ ।

नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आज (शनिबार) बिहान गरिएको कुराकानीका क्रममा नेता डा.महतले कांग्रेसले पनि सरकारको नेतृत्व गर्न सक्ने भनेर एमालेसँगको सहकार्यलाई अस्वीकार गर्नुभएको छ । ‘प्रधानमन्त्री जो पनि बन्न सक्छ’, कांग्रेस नेता डा.महतले भन्नुभयो, ‘सरकारको नेतृत्व अब कांग्रेसबाट शेरबहादुर देउवाजीले गर्नुहुन्छ ।’

उता, नेपालको संविधान २०७२ जारी गर्न महत्वपूर्ण भूमिका खेल्नुभएका फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले पनि सरकारका विषयमा जाद्रै धेरै मुख खोल्न मान्नुभएको छैन । उहाँले जारी भएको संविधानलाई कार्यान्वयन गर्नका लागि पनि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको भन्दै एमालेको नाम लिन मान्नु भएन । ‘सहमतिको सरकार आवश्यक छ’, उहाँले भन्नुभयो, ‘तर कसको नेतृत्वमा बन्छ पछि थाहा पाइहाल्नु हुन्छ नी ?’ गच्छदारको कुटनीतिक जवाफले पनि ओलीलाई प्रधानमन्त्रीको बाधाव्यधान प्रसस्त आउने देखिएका छन् ।

गौतम र बस्नेले भनेको विषय कोइरालाले लागू गर्नुभएन । तर नयाँ सरकारको तगारो पनि बन्नु भएन । यस्तो अवस्थामा एमालेले आफू अनुकुल परिस्थित नबन्दासम्म संयमताका साथ अगाडि बढ्नुपर्छ । अन्यथा अरुले होइन एमालेभित्रकै समूह ओलीको बाधक बन्न सक्ने राजनीतिक जानकारहरूको भनाइ छ ।

एमाले नेतृ अष्ट लक्ष्मी शाक्यले भने सरकारको नेतृत्व एमालेले गर्ने र प्रधानमन्त्री ओली बन्ने पक्का भएको दाबी गर्नुहुन्छ । ‘सबैको समर्थनमा एमालेले सरकारको नेतृत्व गर्छ’, उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री केपी ओली बन्नु हुन्छ ।’

उता, प्रधानमन्त्री कोइरालाले नयाँ सरकारका लागि प्रक्रिया अगाडि बढाउने आह्वान गर्न आग्रह गरे लगत्तै राष्ट्रपतिले पनि आह्वान गर्नुभएको छ । यो एकसातामा सहमति बन्ने कुनै सम्भावना छैन । त्यसपछि बहुमतीय प्रक्रियामा जाँदा कांग्रेस र एमालेको दुरी अझ बढ्नेछ ।

भारतीय पक्षको योजनाअनुसार कोइराला सरकारलाई नै २–४ महिना अझै पर धकेलेर आफू अनुकुल सरकार बनाउने रहेको छ । त्यो योजना सफल बनाउन भारतीय पक्षलाई चक्मा दिन ठूला तीन दलका नेताहरूले पहल गर्नुपर्छ ।

फेरि एमालेका केही मन्त्री र नेताहरूको ओलीप्रतिको अन्धभक्त समर्थनले पनि कांग्रेसलाई चिढाउने कार्य भएको छ । जस्तो की शुक्रबारको मन्त्रिपरिषद बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री बामदेव गौतम र उद्योगमन्त्री महेश बस्नेतले प्रधानमन्त्री कोइरालालाई गरेको रुखो व्यवारले कांग्रेस चिढिन सक्छ ।

गौतम र बस्नेले भनेको विषय कोइरालाले लागू गर्नुभएन । तर नयाँ सरकारको तगारो पनि बन्नु भएन ।
यस्तो अवस्थामा एमालेले आफू अनुकुल परिस्थित नबन्दासम्म संयमताका साथ अगाडि बढ्नुपर्छ । अन्यथा अरुले होइन एमालेभित्रकै समूह ओलीको बाधक बन्न सक्ने राजनीतिक जानकारहरूको भनाइ छ ।