ललितपुर, १० असार । नेकपा एमालेको नवौं महाधिवेशनका लागि ललितपुर क्षेत्र नं २ मा मंगलबार भएको प्रतिनिधि चयनमा अध्यक्षका प्रत्यासी केपी ओली पक्षीय जिल्ला अध्यक्ष हरिकृष्ण व्यन्जनकार नै पराजित भएका छन् ।
उनी सँगै नेता ओलीका सालो राजेन्द्र शाक्य पनि पराजित भएका छन् । यस क्षेत्रबाट तीनै जना आफ्नो पक्षका छानिएको नेपाल पक्षको सचिवालयले दाबी गरेको छ । प्रतिनिधि बन्नेमा उषा बज्राचार्य, प्रेम मर्हजन र रामेश्वर श्रेष्ठ रहेका छन् ।
काठमाडौ क्षेत्र नं १० मा पनि आफ्नो एकलौटी भएको नेपाल समूहको दाबी छ । यस क्षेत्रबाट जितेका सुरेन्द्र मानन्धर, ज्ञानबहादुर गोपाली र राधिका पौडेललाई नेपाल समूहले आफ्नो सूचीमा राखेको छ ।
काठमाडौ क्षेत्र नं ८ मा भने नेपाल र ओलीका एक–एक जना आएका छन् । यहाँवाट छनौट भएका मैया मर्हजन नेपाल पक्षका हुन् भने राजेश शाक्य ओली पक्षका हुन ।
नेपाल समूहले भक्तपुर क्षेत्र नं १ मा ६ पनि ४ जना आफ्नो पक्षबाट आएको दाबी गरेको छ । यहाँबाट छानिएका सोम मिश्र, हरिशरण लामिछाने, नवराज गेलाल, चित्रवहादुर अछामी नेपाल पक्षका हुन भने सरस्वती वाटी र रामबहादुर श्रेष्ठ ओली पक्षका हुन् ।
यता, भेरीको बाँकेको क्षेत्र नं ४ मा ओली समूह शुन्य भएको नेपाल समूहको प्रेस नोटमा उल्लेख छ । बाँके क्षेत्र नम्बर ४ बाट छानिएका रत्न खत्री, होमनाथ सापकोटा, दिपक जिएम, गोविन्द जिसी र प्रेमपुर्ण योगी नेपाल समूहको रहेका उनका स्वकीय सचिव मोहन गौतमले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।














प्रतिक्रिया