काठमाडौं, १६ असोज । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्का गम्भीर बिरामी हुनु भएको छ ।
मृगौला र बाथसम्बन्धी समस्याका कारण नेता खड्का गम्भीर बिरामी पर्नुभएको हो । पत्नी शिला गौतम खड्कासहित भारतको राजधानी नयाँदिल्लीमा रहनुभएका नेता खड्काले मृगौलासम्बन्धी समस्याको उपचार गराइ रहनुभएको छ ।
उपचारका क्रममा नेता खड्काको एउटा मृगौलाले काम गर्न छाडेको चिकित्सकहरूलाई उदृत गर्दै आफन्तहरूले जनाएका छन् ।
भदौको अन्त्यतिर नयाँदिल्ली प्रस्थान गर्नुभएका खड्काको स्वास्थ्य अवस्था अहिले कस्तो छ भन्ने विषयमा नेपालमा केही आधिकारिक जानकारी आएको छैन ।
खड्काको पारिवारिक स्रोतका अनुसार केन्द्रीय सदस्य खड्काले मृगौला प्रत्यारोपणका लागि आफन्तसँग कुरा गर्नुभएको छ । उहाँले छिट्टै मृगौला प्रत्यारोपण गरी स्वादेश फिर्ता हुने चाहना राख्नु भएको सहयोगीहरूले बताएका छन् ।
खड्कालाई मृगौलामा समस्या देखिएपछि पत्नी शिला र दुई छोराछोरी पनि नयाँदिल्लीमासँगै रहेका छन् । पति बिरामी भएपछि कांग्रेस सभासदसमेत रहनुभएकी पत्नी शिलाले नेपालको संविाधन २०७२ मा हस्ताक्षर गर्न पाउनु भएको थिए ।
शिलाले नेपालको संविधान २०७२ को निर्वाचन प्रक्रियामा भाग नलिएको भनेर बिरोधीहरूले आलोचनासमेत गरेका थिए । तर सभासद शिला झण्डै १५/२० दिनदेखि पति खड्काको मृगौलाको उपचारका क्रममा नयाँदिल्लीमा हुनुहुन्छ ।












प्रतिक्रिया