१० कार्तिक २०८३, मंगलबार

चिनियाँ नाका खोल्न विप्लव माओवादी खटियो, यसै हप्ताभित्र प्रमुख नाका खोल्ने दाबी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-bikram-chand-biplopकाठमाडौँ, १५ असोज । नेकपा माओवादी चन्द निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले भूपरिवेष्ठित मुलुक नेपालमा भारतले गरेको नाकाबन्दी अन्तर्राष्ट्रिय व्यवस्था र पारवहन सन्धि विपरीत भएको जनाएको छ ।

युनियनको २०औँ सम्मेलनले पारित गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा नवनिर्वाचित अध्यक्ष पूर्णबहादुर सिंहले नाकाबन्दीको बहानामा कालोबजारी गर्ने व्यवसायीलाई कडा कारबाही गर्न माग गर्दै तातोपानी र रसुवा नाका खुलाउन युवा विद्यार्थी परिचालन गरिने बताउनुभयो ।

यही असोज १२ र १३ गते चितवनमा भएको सम्मेलनले सार्वभौम मुलुक नेपालको भूमि लिपुलेकमाथिको भारत र चीनले गरेको सम्झौता खारेजीका लागि माग गरेको छ ।

त्यसैगरी शिक्षा र चिकित्सा क्षेत्रका माफियाको कालोसूची तयार गरी कारबाही गरिने, राष्ट्रको पुँजी र विदेश पलायन गराउने परामर्शदातामाथि अनुगमन गरी कारबाही गर्न सरकारलाई दबाब दिइने विदेशी सम्बन्धन र पाठ्यक्रममा सञ्चालित शिक्षण संस्थाको खारेजीको माग गर्दै सम्मेलनले बाह्र कक्षासम्मको शिक्षालाई सम्पूर्ण रुपले निःशुल्क बनाउन सबै पक्षसँग आग्रह गरेको छ ।

सम्मेलनले सिंहका अध्यक्षतामा ८५ सदस्यीय कार्यसमिति चयन गरेको छ । रासस