१० कार्तिक २०८३, मंगलबार

सात दिनभित्र नयाँ सरकार गठन गर्न राष्ट्रपतिको आह्वान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rambaran-yadav-Sambidhan-ghosana

काठमाडौं, १५ असोज । संसद अधिवेशन सुरु भएसँगै सरकार निर्माणको चरण सुरु भएको छ ।

यसैक्रममा राष्ट्रपति डा रामवरण यादवले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्न व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका राजनीतिक दललाई छलफलका लागि आह्वान गर्नुभएको छ ।

राष्ट्रपति डा यादवले नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम उक्त आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । रासस