१० कार्तिक २०८३, मंगलबार

दूधमती किनारमा भेटिएका सात शव कसका हुन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

human-rights-commission-nepalकाठमाडौँ, १५ असोज । राष्ट्रिय मानवअधिकार आयोगले जनकपुर उपमहानगरपालिकाको पश्चिमतर्फ अवस्थित बसविट्टी गाउँ नजिकको दूधमती किनारमा भेटिएका शवका सम्बन्धमा सत्यतथ्य बुझ्ने भएको छ ।

आयोगका प्रवक्ता मोहना अन्सारीले आज प्रेस विज्ञप्ति जारी गरी यही असोज १४ गते धनुषा जिल्लाको हुलाकी सडकमा मानव साङ्लो बनाउने लोकतान्त्रिक मधेसी मोर्चाको कार्यक्रमको अनुगमनका सन्दर्भमा आयोगको क्षेत्रीय कार्यालय जनकपुरबाट टोली खटिँदा गाड्नका लागि रिक्सामा लैजाँदै गरिएको तीन मानव शव स्थानीय बासिन्दाले घेराउ गरी गाड्न नदिई विवाद उत्पन्न भएको जनाएको छ ।

शव लिई जाने दुई रिक्सा चालक र एक सहयोगीसँग सोधपुछ गर्दा सोही नदीको किनारमा गाडिएका थप चार शव खनेर निकालिएको आयोगको प्रारम्भिक अनुगमनबाट पाइएको विज्ञप्तिमा उल्लेख छ । रिक्सामा भेटिएका तीन शवका कारण उत्पन्न असहज परिस्थितिबाट दुई रिक्सा चालक र एकसहयोगीको जीवन रक्षार्थ आयोगको अनुगमन टोलीले मोर्चा तथा अन्य राजनीतिक दलको सहयोगमा उद्धार गरेको छ ।

विवादपछि धनुषामा उत्पन्न असहज परिस्थितिलाई सहज तुल्याउन आयोगको टोलीले राजनीतिक दल र प्रहरी प्रशासनसँग समन्वय गरी असोज १४ गते राति नै जनकपुर अञ्चल अस्पतालमा सात शव सुरक्षित राखी घटनाका सम्बन्धमा सत्यतथ्य सङ्कलन गर्ने कार्य आरम्भ गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न आयोगले केन्द्रीय कार्यालयबाट समेत अनुसन्धान टोली खटाएको छ ।

आयोगले घटनाका सम्बन्धमा सत्यतथ्य सार्वजनिक हुनुअघि नै उक्त घटनालाई लिई असामान्य परिस्थिति सिर्जना हुन नदिई अनुसन्धान प्रक्रियालाई आवश्यक सहयोग पु¥याउन आन्दोलनरत राजनीतिक दल तथा प्रहरी प्रशासनलाई आग्रह गरेको छ । रासस