
– डम्मर राज भट्ट
महेन्द्रनगर १५ असोज । आर्थिक बिपन्नताका कारण विभिन्न खाले समस्या झेल्दै आएका कञ्चनपुरको उत्तरी भेगका महिलाहरु एकजुट हुँदै बिस्तारै आत्मनिर्भर बन्न थालेका छन् ।
स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम(LGCDP) को आर्थिक सहयोगमा भीमदत्त नगरपालिका र समर्थन समाजको साझेदारीमा जीविको पार्जनका कार्यक्रम संचालन भएपछि उनीहरुको जीवनशैलीमा परिवर्तन भएको हो । भीमदत्त नगरपालिका वार्ड नं.१ श्रकृष्ण सचेतना केन्द्रका महिलाहरुले सामुहिक रुपमा कोष निर्माण गरी बिभिन्न किसिमका आयमुलक कार्यक्रमहरु संचालन गरेका छन् ।
उनीहरुले समुदायका काम गर्न सजिलो होस भन्नका लागि संस्थाको सहयोग र आफनै श्रमदानमा भवन निर्माण गरेका छन भने पानीको हाहाकार भएको उत्तरी भेगमा बोर मार्फत पानी निकालेर सिचाइ सेवा समेत उपलब्धता भएको समाजिक परिचालिका बसन्ती कुवरले जानकारी दिनुभएको छ ।
३ लाख १५ हजार सहयोगमा उनीहरुले सो भवन र बोर निर्माण गरेका हुन जसमा १ लाख ३१ हजार बराबरको उनीहरुको श्रमदान रहेको छ । संस्थाले राम्रो काम गरेको र आफनो गाउठाउको विकास हुने भएपछि स्थानीय लालु लुहारले भवन निर्माणका लागि ६ धुर जमिन समेत दान गरेका सचेतना केन्द्रकी संयोजक गौमती भट्टले बताउनुभएको छ ।
यसैबीच भीनपा ३ आदर्श सचेतना केन्द्रका महिलाहरुले जीविकोपार्जन कार्यक्रम मार्फत पाँच जना महिलाहरुले २०÷२० हजारका दरले एक लाख रुपैयाँ पाएका छन् । उनीहरुले आफूहरुले पाएको पैसाले बाख्रा पालन, सिलाइ कटाइ जस्ता आयआर्जनका कार्यक्रम संचालन गर्ने बताएका छन् ।
यस पूर्व पनि सोही समुहबाट पाँच जना महिलाहरुले आफूहरुले पाएको पैसाबाट आयमुलक काम गर्दैै राम्रो र सफल व्यवसाय गर्न सफल भएका थिए । आफूहरुले सफलतापूर्वक आयआर्जनका काम गर्न सफल भएको समाजिक परिचालिका सरस्वती रावलले जानकारी दिनुभएको छ ।
बाख्रा पालन गरेर राम्रो आयआर्जन भएको र घर खर्च र बालबालिकाहरुको शिक्षा दिक्षा पनि त्यसैबाट भएको जानकी कोलीले बताइन । लक्ष्मी कोलीले पनि सोही समुहबाट लिएको पैसाबाट सिलाइ कटाइ ब्यवसाय गरेर राम्रै लाभ लिएको बताएकी छिन् । संस्थाले आयआर्जनका कार्यक्रम संचालन गर्नुपुर्ब बिभिन्न संटक झेलिरहेका महिलाहरुले कार्यक्रम संचालन भएसंगै आत्मनिर्भरताको बाटोमा अगाडि बढेको समर्थन समाजका कार्यक्रम संयोजक अम्बादत्त जोशीले जानकारी दिनुभएको छ ।

















प्रतिक्रिया