– दीपक ओली
धनगढी, १५ असोज । कैलालीमा माटोको ढिस्कोमा पुरिएर छ जना बालबालिकाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । उनीहरु दशैंका लागि घर लिपपोत गर्ने माटो लिन गएका थिए ।
मृत्यु हुने छ जनै दोदोधरा गाविस ७ कट्टीपुरका रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको । प्रहरीका अनुसार शुक्रबार साझ पाँच बजेतिर घरबाट माटो लिन भनेर गएका तीन बालिका सहित छ जना बालबालिकाको माटोको ढिस्को खस्न गई च्यापिएर मृत्यु हुन गएको हो ।
मृत्यु हुनेहरुमा छ वर्षीया ननिता न्यौपाने, १० वर्षीया सीता प्याकुरेल, ७ वर्षीय शुसान्त सुनार, छ वर्षीय दीपक प्याकुरेल, ९ वर्षीया मैना सुनार र ७ वर्षीय किरण सुनार रहेका छन् ।
सीताको घटनास्थलमै र बाँकी पाँच जनाको बौनियाँस्थित बर्दगोरिया अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
घाइते हुनेमा ३५ वर्षीया जमुना खतिवडा र ३० वर्षीया रत्ना खतिवडा रहेका छन् । घाइते दुबै जनालाई थप उपचारको लागि नेपालनञ्ज मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ ।













प्रतिक्रिया