२१ कार्तिक २०८३, शनिबार

यो थारु, मधेसी, आदिवासी-जनजाति र दलितको संविधान होः अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सकारात्मक पार्टी र आफ्नो संसदीय दल सकारात्मक दल भएको बताउनुभएको छ ।

शान्ता चौधरी र सरस्वती सुब्बासहित सकारात्मक अभियानका अगुवाहरुसँगको भेटमा ओलीले एमालेले देशमा सकारात्मक बातावरण बनाउन योगदान गरिरहेको बताउनुभएको हो ।

अभियानले आज अध्यक्ष ओलीलाई सकारात्मक अभियानको तर्फबाट सकारात्मक सन्देश पत्र बुझाएको हो । सकारात्मक सन्देश पत्र बुझ्दै ओलीले भन्नुभयो–‘मैले तपाईंहरुको सकारात्मक अभियान बारे मिडियाबाट थाहा पाएको थिएँ । सकारात्मक बनौं भनेर अभियान चलाउँदा नकारात्मक मानिसहरु खनिन्छन्, नआत्तिइकन लागिरहनुहोला ।’

फाइल तस्वीर
फाइल तस्वीर

ओलीले देशमा नकारात्मक बातावरण बनाउने र राजनीतिक बातावरण धमिलो बनाउने काम भइरहेको भन्दै नयाँ संविधानले देशमा सकारात्मक बातावरण सिर्जना गर्ने आधार तयार पारेको बताउनुभयो ।

वर्तमान परिस्थिति बारे ओलीले भन्नुभयो– ‘नकारात्मक तत्वहरुले नेपाल भारत सम्बन्धमा पनि खेल्न खोजिरहेका छन् । जनतामा भ्रम फैलाउन खोजिरहेका छन् ।’ देशमा देखिएको असहज परिस्थिति चाँडै समाधान हुने बताउँदै ओलीले भन्नुभयो– ‘अब स्थायी रुपमा सकारात्मक परिस्थिति सिर्जना हुनेछ । यसमा सबैजना लाग्नुपर्छ । सकारात्मक अभियान भनेर यसरी अभियान चलाउन नपर्ने परिस्थिति बनाउनुपर्छ । नकारात्मक विचारले टाउको नउठाउने परिस्थिति बनायौं भने सबै चिज सकारात्मक हुन्छ ।’

ओलीले जाति र पार्टीभन्दा माथि उठेर आफ्नो पार्टीले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘हामीले एमालेको मात्र हित हेरेको भए संविधान नबन्न सक्थ्यो । हामीले सबैको हित हेर्दा एमालेका अनेक एजेण्डा छाडेका छौं । हामीले देश र जनता हेर्यौं, त्यसैले संविधान बन्यो ।’
ओलीले भन्नुभयो– ‘यो संविधान थारु, मधेसी, आदिवासी जनजाति, दलितको संविधान हो । संविधानले नागरिक अधिकारलाई सर्वोच्च स्थानमा राखेको छ । जनताले संविधानमा भएका यस्तो व्यवस्थाहरु बुझेपछि भ्रमको बादल आफै हट्छ ।’