१० कार्तिक २०८३, मंगलबार

रासस अध्यक्षलाई प्रेस चौतारीको ध्यानाकर्षण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rss-chautari

काठमाडौँ, १५ असोज । प्रेस चौतारी नेपाल, रासस शाखाले ‘एक पटक’का लागि सीमित (आन्तरिक) प्रतियोगिताबाट स्थायी प्रक्रिया पूरा भएकाले आगामी दिनमा अस्थायी कर्मचारी नथप्नलगायत आज राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेलाई ध्यानाकर्षण गरेको छ ।

चौतारीका प्रतिष्ठान अञ्चल कमिटीका अध्यक्ष प्रकाश सिलवाल र शाखाका अध्यक्ष कालिका खड्काले राससका अध्यक्ष वाग्लेलाई हस्तान्तरण गरिएको सो ध्यानाकर्षण पत्रमा अत्यावश्क अवस्थामा बाहेक अस्थायी कर्मचारी नराख्न र विज्ञापनबाट पदपूर्ति गर्न माग गरेको छ ।

यस्तै सहायकस्तरमा कार्यरत कर्मचारीको वृत्ति विकास गर्न, मुलुकले नयाँ संविधान पाएको अवस्थामा नयाँ सङ्गठन तालिकासहित राससका विद्यमान ऐन र नियमावलीलाई व्यापक छलफलका आधारमा पुनरावलोन गर्न, न्यूजलाइन प्रणाली र समाचार उत्पादनमा गुणस्तर तथा क्षमता वृद्धिका कार्यक्रम ल्याउन शाखाले माग गरेको छ ।

स्ट्रिन्जर नियुक्तिमा ठोस मापदण्ड बनाई भूगोल, जनसङ्ख्या र समाचारको सम्भावनाका क्षेत्रका आधारमा नियुक्ति गर्न, पाँच वर्षभन्दा माथि लगातार राससमा काम गरेका तथा यहाँबाट मात्रै जीविकोपाजन गरिरहेका स्ट्रिन्जरका हकमा सम्मानित र उचित पारिश्रमिकको व्यवस्था गर्न प्रमण्डलले माग गरेको छ ।

संस्थाका केन्द्र तथा अन्य स्थानमा रहेका भवन, जग्गा र भौतिक सम्पत्तिको उचित सदुपयोग तथा भूकम्पपछि क्षतिग्रस्त भएका कार्यालय, भवनको पुनः निर्माणका लागि कार्ययोजना ल्याउन पनि चौतारी सुझाव दिएको छ ।

त्यस अवसरमा अध्यक्ष वाग्लेले ध्यानाकर्षण ग्रहण गर्दै सम्भव हुने विषय आपसी छलफलमा अघि बढाइने विश्वास व्यक्त गर्नुभयो । भेटका अवसरमा राससका महाप्रबन्धक निर्मला आचार्य, नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपाली, प्रशासन प्रमुख सोमनाथ लामिछाने, शाखाका सल्लाहकार तीर्थ भट्टराईलगायत उपस्थित हुनुहुन्थ्यो ।