१० कार्तिक २०८३, मंगलबार

सरकारले नाम परिवर्तन गरेपछि सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Farwester-universityभीमदत्तनगर, १५ असोज । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सुदूरपश्चिम विश्वविद्यालयको नाम परिवर्तन गरी द्वारिकादेवी ठकुरानी नामाकरण गरेपछि त्यस निर्णयको विरोध गरिएको छ ।

आज बिहान कञ्चनपुरको भीमदत्तनगरमा रहेको विश्वविद्यालयको केन्द्रीय कार्यालयमा नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र माओवादी सम्बद्ध दुई क्रान्तिकारी विद्यार्थी सङ्गठनले संयुक्तरुपमा विरोधमा तालाबन्दी गरेका छन् ।

तीन विद्यार्थी सङ्गठनले विश्वविद्यालयको मूलद्वार र कार्यालयमा तालाबन्दी गरेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला सहसचिव नरेन्द्र कार्कीले जानकारी दिनुभयो । उनीहरुले सुदूरपश्चिम विश्वविद्यालयको नाम यथावत् राख्नुपर्ने मागसमेत गरेका छन् ।

उहाँले सुदूरपश्चिम विश्वविद्यालयको नामाकरण पष्ििरवर्तन गरिएको विरोधमा तालाबन्दी गरिएको बताउनुभयो । “नामाकरण गर्नै परे, दशरथ चन्द, भीमदत्त पन्त विश्वविद्यालय राख्नुपर्ने हाम्रो धारणा हो”–उहाँले भन्नुभयो । रासस