काठमाडौं, १५ असोज । बालुवाटारमा अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।
नयाँ प्रधानमन्त्री चयन गर्ने संसद् अधिवेशन सुरु हुनुअघि मन्त्रिपरिषद्को बैठक बालुवाटारमा पानै एघार बजेदेखि सुरु भएको बैठकमा सहभागी एक मन्त्रीले बताए ।
बैठकमा आजैदेखि सुरु हुने संसद् अधिवेशनको कार्यसूची, नयाँ सरकार गठन प्रक्रिया, प्रधानमन्त्रीको राजीनामा, मधेसी मोर्चासँग वार्ता प्रक्रिया र संविधान संशोधनलगायतका विषयमा छलफल भइहरको छ ।
साथै प्रधानमन्त्री कोइरालाले आजै पदबाट राजीनामा दिनबारेमा मन्त्रिपरिषदमा छलफल गरेका छन् । स्रोतका अनुसार कोइरालाले आजै राजीनामा दिने सम्भावना छ ।












प्रतिक्रिया