
काठमाडौं, १५ असोज । झण्डै दुई महिनादेखि आन्दोनरत थारुहरू आन्दोलनकारीसँग सरकारी वार्ता टोलीले आजदेखि सम्वाद थालेको छ ।
सिंहदरबारमा जारी छलफलमा थारु आन्दोलनकारीले उठाएका मागका विषयमा छलफल भइरहेको थारु नेतृ रुक्मिणी चौधरीले जानकारी दिनुभयो ।
‘सरकारी वार्ता टोलीले तपाईहरूका माग के के हुन् आउनुस् छलफल गरौँ भनेपछि हामी आएका हौँ’, चौधरीले भन्नुभयो, ‘आजको वार्ता औपचारिक होइन । सामान्य अनौपचारिक छलफल मात्रै हो । हाम्रा मागका विषयमा उहाँहरूलाई जानकारी गराउँछौँ ।’
छलफलमा सरकारी वार्ता टोलीका तर्फबाट वनमन्त्री महेश आचार्य, एमालेका मुख्य सचेतक अग्नि खरेल र एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठको सहभागिता रहेको छ ।
थारु आन्दोलनकारीका तर्फबाट भने थारु कल्याणकारिणी सभाका अध्यक्ष धनीराम चौधरी, थारु नेतृ रुक्मिणी चौधरीलगायतका थारु नेताहरू सहभागी छन् ।












प्रतिक्रिया