२१ कार्तिक २०८३, शनिबार

ओली र नेपाल समूहको संयुक्त बैठक बस्दै, नयाँ अध्यक्ष चयन गरिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Niru-pal-Dilu-pantaकाठमाडौं, १५ असोज । एमालेको भातृ संगठन युवा संघ नेपालको केन्द्रीय कमिटीको संयुक्त बैठक आज राजधानीमा बस्दैछ । १ सय २१ सदस्यीय समितिको बैठक नयाँबानेश्वरस्थित अल्फाबिटामा बस्न लागेको हो ।

बिहान एघार बजेपछि बस्ने संयुक्त बैठकको उदघाटन अध्यक्ष केपी ओलीले गर्ने बुझिएको छ । त्यसका लागि अध्यक्ष ओलीले आफू बैठकमा सहभागी हुने आश्वासन समेत दिइसक्नुभएको छ ।

स्रोतका अनुसार संयुक्त बैठकमा अध्यक्ष ओली र बरिष्ठ नेता नेपाल सहभागी हुँदा केही असहज हुनेभन्दै केही नेताहरूले समापनमा दुबै नेतालाई बोलाउने तयारी पनि गरेको छ ।

संयुक्त बैठकको एजेन्ड बनाउन आफूहरू बिहानैदेखि लागेको उपाध्यक्ष सूर्य ढकालले जानकारी दिनुभयो ।

आज र भोलि दुई दिन चल्ने युवा संघको संयुक्त बैठकले पाँच महिनाका लागि नयाँ अध्यक्ष चयन गर्ने पूर्वसहमति भइसकेको छ ।

सोहीअनुसार आउने नयाँ अध्यक्षले आगामी फागुन १३ गतेभित्र युवा संघको नवौँ राष्ट्रिय महाधिवेशन गरेर कर्याभार हस्तान्तरण गर्नुपर्ने हुन्छ ।

पाँच महिने अध्यक्षका लागि युवा संघमा राजीव पहरी, सूर्य ढकाल, दिलु पन्तलगायतको दाबी छ । तर संस्थापन पक्ष (ओली)ले भने अध्यक्षमा हालका महासचिव राजीव पहरीलाई सर्वसम्मत बनाउने तयारीमा लागेको छ ।

नौ महिनाअघि युवा संघका अध्यक्ष महेश बस्नेतले पदबाट राजीनामा दिएपछि नेतृत्वलाई लिएर अध्यक्ष ओली र बरिष्ठ नेता मधवकुमार नेपाल समूहबीच युद्ध भएको थियो । आन्तरिक युद्धकै कारण संस्थापन पक्षको नेतृत्व निरु पाल र नेपाल समूहको नेतृत्व दिलु पन्तले गर्दै आउनुभएको थियो ।

दुबै समूहले समानान्तर राजनीतिक र सांगठनिक गतिविधि गर्दै आएका थिए । आज र भोलि दुई दिन चल्ने संयुक्त बैठकले बिवाद अन्त्य गरेर युवा संघलाई सहज रुपमा अगाडि बढाउने स्रोतको दाबी छ ।

आजको बैठक नेपाल समूहले बहिष्कार गरेमा भने संयुक्त बैठक स्थगित हुने स्रोतको भनाइ छ । अहिलेसम्म नेपाल समूहले संयुक्त बैठक बहिष्कार गर्ने संकेत गरेको छैन ।